समाचार

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या


Logo
Prawash Tv
१४ कात्तिक, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या देखिएपछि श्रम स्वीकृतिका लागि आवेदन दिने सेवाग्राहीहरूलाई कठिनाइ भएको छ। विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार मंगलबारदेखि प्रणालीमा समस्या उत्पन्न भएपछि विशेष गरी विभाग बाहिरबाट आवेदन दिनेहरू प्रभावित भएका छन्।

ढकालले भने, “एफपिआइएमएसमा समस्या आएकाले विभाग बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ। अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएका व्यक्तिलाई भने अर्को प्रणालीमार्फत सेवा दिइरहेका छौं।”

उनका अनुसार वेबसाइटमा देखिएको समस्या मंगलबारदेखि समाधान भएको छ। एफपिआइएमएसमा आएको प्राविधिक समस्या समाधान गर्न विशेषज्ञ टोली सक्रिय रहेको र केही दिनभित्र पूर्णरूपमा सुधार हुने विभागको दाबी छ।

ढकालले थपे, “वेबसाइटको स्पेसल सर्टिफिकेटको समयसीमा सकिँदा समस्या देखिएको थियो। मंगलबार सर्भर बन्द हुँदा आवेदन दिनेहरू मर्कामा परेका थिए। तर सोही दिन समस्या समाधान गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka