समाचार

‘युएईको कामदार भिसा नखुल्नु दूतावासको कमजोरी’ shivam cement


Logo
Prawash Tv
०१ मंसिर, २०८२
‘युएईको कामदार भिसा नखुल्नु दूतावासको कमजोरी’ shivam cement

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासले नेपाली कामदारको भिसा खुला गर्न आवश्यक पहल तुरुन्त अघि बढाउन माग गरेको छ।

एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा, नेपाली कामदारको प्रमुख श्रम गन्तव्य युएईले दुई महिनाभन्दा बढी समयदेखि भिसा जारी नगरेको अवस्थामा पनि दूतावासबाट प्रभावकारी पहल नभएको आरोप लगाइएको छ।

उनका अनुसार गत वर्ष मात्रै १ लाख ७६ हजार नेपाली युवा श्रम स्वीकृति लिएर युएई पुगेका थिए, र युएई नेपालका लागि एक भरपर्दो तथा विश्वसनीय श्रम गन्तव्य मुलुक रहेकाले भिसा प्रक्रियामा जटिलता बढिरहनु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ। दर्ता रोकिने अवस्था दीर्घकालीन बन्दा रोजगारदाताले नेपाली कामदारको सट्टामा अन्य मुलुकका कामदार भर्न सक्ने खतरा समेत बढेको एसोसिएसनको भनाइ छ।

यद्यपि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र युएई सरकारबीच समन्वय भइरहेको दाबी गरिए पनि भिजिट भिसा खुल्दा समेत कामदार भिसा समस्याको समाधान नहुनु दूतावासको कूटनीतिक सक्रियतामा कमजोरीको परिणाम भएको विज्ञप्तिमा उल्लेख छ।

एसोसिएसनले युएईमा नेपाली कामदारको भिसा सहज बनाउन दूतावासलाई आवश्यक निर्देशन तत्काल प्रदान गर्न परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छ।

त्यसैगरी, विज्ञप्तिमा युरोपेली मुलुकहरूको मागपत्र प्रमाणीकरण प्रक्रिया २८ महिनादेखि अवरुद्ध हुँदा मानव तस्करी बढ्दै गएको, र आकर्षक तलबसहितका रोजगारीका अवसर नेपालीले गुमाइरहेको प्रति पनि मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka