समाचार

रिंगेट चार वर्षयताकै उच्च विन्दुमा


Logo
Prawash Tv
०१ मंसिर, २०८२
रिंगेट चार वर्षयताकै उच्च विन्दुमा

मलेसियाली रिंगेट चार वर्षपछि पहिलो पटक उच्च विन्दुमा पुगेको छ। विश्वव्यापी व्यापार तनाव घट्दै आर्थिक गतिविधि सुदृढ बन्दा, मलेसियाको मुद्रा यस वर्ष एसियाकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामा परिएको छ।

विदेशी लगानीकर्ताले यो वर्ष मात्रै करिब ४ अर्ब डलर मूल्यका मलेसियाली बन्डहरू खरिद गरेका छन्, जसले रिंगेटलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ। आइतबारको बजार दरअनुसार १ मलेसियन रिंगेट = ३४ रूपैयाँ ४३ पैसा पुगेको छ।

रिंगेटको मूल्य वृद्धि भएको कारण, मलेसियामा कार्यरत नेपाली कामदारको मासिक आम्दानीमा करिब ५ हजार रुपैयाँसम्म वृद्धि भएको अनुमान गरिएको छ। निर्यात–केन्द्रित मलेसियाली अर्थतन्त्रले विश्वव्यापी मागमा आएको सुधारबाट लाभ उठाइरहेको र तेस्रो त्रैमासिकमा अझै उच्च आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka