समाचार

सिन्डिकेट बुकिङमा लगानी गर्नेहरु हिस्स !


Logo
Prawash Tv
१६ कात्तिक, २०८२
सिन्डिकेट बुकिङमा लगानी गर्नेहरु हिस्स !

मलेसिया : मलेसियामा विदेशी कामदार भर्नाको चलखेलमा स्रोत मुलुकबाट ठुलो रकम जाने गरेको छ । विगतमा बंगलादेशमा सिन्डिकेटसँग जोडिएका विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (बेस्टिनेट)का संस्थापक अमिनुल इस्लाम अब्दुल नोर र उनका सहयोगी रुहुल अमिनको हाल सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) अभियोगमा खोजी भइरहेको छ ।

बंगलादेशमा जन्मिएर पछि मलेसियाको नागरिकता लिएका अब्दुल नोर र उनका सहयोगी अमिनलाई सुपुर्दगी गर्न बंगलादेशको वर्तमान अन्तरिम सरकारले मलेसियामाथि कडा दबाब दिएको छ ।

बंगलादेशको दबाबपछि मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले उक्त मुद्दा दुवै देशका सरकार र प्रहरीको स्तरमा मात्रै व्यवस्थापन भइरहेको बताएका छन् ।

अमिन नेपालमा वैदेशिक रोजगारसँग जोडेर खडा गरिने सिन्डिकेटका लागि बदनाम छन् ।

बंगलादेशमा दुवै जनामाथि मनी लाउन्ड्रिङ, जबरजस्ती चन्दा असुली र विदेशी कामदार बेचबिखन गतिविधिमा संलग्न रहेको आरोप छ ।

यस पटक उनले नेपाली व्यवसायीहरूमार्फत ठुलो रकम उठाएको हुनसक्ने बताइएको छ । बंगलादेशबाट खोजी भइरहेका उनले नेपाली व्यवसायीबाट उठाएको रकम पचाउन मलेसियाको विदेश मन्त्रालयलाई प्रभावमा पारेर घुमाउरो तरिकाले सिन्डिकेट लगाउन अधकल्चो प्रक्रिया अघि बढाई सिन्डिकेटधारीहरुबाट उठाएको रकम फिर्ता नगर्ने रणनीति बनाएको कतिपयको टिप्पणी छ ।

एक व्यवसायीले आफ्नो नाम नछाप्ने सर्तमा मध्यान्हसँग भने, ‘सिन्डिकेट नलाग्ने खण्डमा अमिनसँग पैसा फिर्ता माग्दा उनको जवाफ हुनेछ– देख्यौ ! मैले त मलेसिया सरकारबाट निर्णय गराएकै हो नि, तिम्रो लगानी त्यसैमा गयो



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka