समाचार

नेपालीलाई रोकियो युएईको भिजिट भिसा


Logo
Prawash Tv
०१ असोज, २०८२
 नेपालीलाई रोकियो युएईको भिजिट भिसा

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको हालको आन्दोलनपछि नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर भएको भन्दै संयुक्त अरब इमिरेट्स (युएई)ले सोमबारदेखि नेपालीलाई भिजिट भिसा जारी गर्न रोकेको छ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा जेल तोडफोडपछि १३ हजार कैदीसहित ठूलो संख्यामा थुनुवा भागेका घटनापछि युएईले सुरक्षा चिन्ताका कारण यस्तो कदम चालेको अनुमान गरिएको छ।

आधिकारिक निर्णय सार्वजनिक नगरे पनि युएईले भिसा जारी गर्ने ट्राभल एजेन्सीहरूलाई आन्तरिक सर्कुलर पठाई नेपाली नागरिकको भिजिट भिसा आवेदन नलिन निर्देशन दिएको छ।

हाल युएईमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। प्रायः नेपालीहरू एकदेखि तीन महिनाको भिजिट भिसामा गएर दलालमार्फत काम खोज्ने र कम्पनीमार्फत भिसा परिवर्तन गर्ने प्रचलन छ। तर, तीन महिनाभित्र काम नपाउनेहरूले पुनः भिसा लिन इरानको किस सहर जाने गरेका थिए, जसमा ठूलो खर्च हुने गरेको छ।

भिजिट भिसामा गएकाहरू बढी जोखिममा पर्ने भएकाले युएईको यो कदमपछि म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर सुरक्षित ढंगले जाने नेपालीहरूको संख्या बढ्ने अनुमान गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka