समाचार

एकीकृत संस्थाका व्यवसायी कता


Logo
Prawash Tv
२३ कात्तिक, २०८२
एकीकृत संस्थाका व्यवसायी कता

नेकपा एकीकृत समाजवादी तीन भागमा विभाजित भए पनि, उक्त पार्टीसँग सम्बन्धित एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था भने अझै एकजुट रहेको छ।

पार्टी विभाजनपछि सो संस्थामा आबद्ध केही व्यवसायीहरूले राजनीति नगर्ने भन्दै निष्क्रिय बस्ने इच्छा व्यक्त गरेका छन्। तर अधिकांश व्यवसायीहरूले भने पार्टीको प्रमुख नेतृत्व हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समावेश भएकाले सोही पार्टीको नीतिअनुसार संगठित हुने योजना बनाएको संस्थाका महासचिव तथा तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय सदस्य मधुकर रिजालले बताएका छन्।

संस्थाका सचिव अनिल बोगटीका अनुसार निष्क्रिय बस्ने थोरै व्यवसायी बाहेक सबै सदस्यहरू एउटै ठाउँमा सक्रिय हुने तयारीमा छन्।

गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), जनता समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायतका राजनीतिक दल र समूहहरू एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेका थिए।

यी दलसँग सम्बन्धित व्यवसायीहरूबीच सहकार्य र एकता कायम भएपछि वैदेशिक रोजगार क्षेत्रमा तेस्रो ठूलो शक्ति मानिने नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च लगायतका समूहहरूको प्रभाव अझ बढ्ने मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले बताएका छन्। उनका अनुसार पार्टीको निर्देशनपछि एकीकरणको प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ।

तर, एकीकृत संस्थामा सक्रिय केही व्यवसायीहरू भने नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल मा फर्किने तयारीमा रहेको बताइएको छ। यद्यपि, को कहाँ जाने भन्ने कुरा भने अझै औपचारिक रूपमा स्पष्ट भएको छैन।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka